बझाङको साइपालमा हजार दिनका आमालाई न्यानो कपडा

बझाङ- बझाङको साइपाल गाउँपालिकामा हजार दिनका आमालाई न्यानो कपडा वितरण गरिएको छ । उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत सुनौला हजार दिनका आमा र बच्चालाई न्यानो कपडा वितरण गरिएको हो ।

maya metro hospital

पालिकाभरका १ सय ३३ जना हजार दिनका आमा र बच्चालाई बेबी ब्लाङ्केट, न्यायो कपडा र सरसफाइ किट प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङ्गले बताइन् ।

citizen security services

गाँउपालिका मातहतका स्वास्थ्य शाखासँग समन्वय गरेर महिला तथा बालबालिकाको पोषण सुधार, स्वास्थ्य सेवा सुविधामा पहुँच वृद्धि तथा विस्तार, सरसफाइ र चेतनाको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.