काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका छन् ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेलले बिहान सिंहदरबार पश्चिम गेट पुगेर माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गरेका हुन्। सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
