तनहुँमा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ- तनहुँमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको मृत्यु भएको प्रहरीले बताएको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाँणका अनुसार दुबै जनाको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको हो ।

citizen security services

बुधबार बिहान भिमाद नगरपालिका-३ सुनाकोटमा पोखराबाट पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्न पुगेको थियो । खाँणका अनुसार अन्य १० घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.