खाेज्नुहाेस

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले आज सजाय तोक्ने

Image

काठमाण्डौ – बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै छ। लामिछानेलाई सजाय निर्धारण गर्न काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ।

navjiwan hospital

पुस १३ गते लामिछानेलाई अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो।  लामिछानेले पीडित गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर बलात्कार गरेको अदालतको ठहर छ।

godawari nagarpalika dadhelo
attariya hospital

पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दावी भने अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको छ। गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएको १६ महिनापछि पुस १३ गते फैसला भएपनि दोषी ठहर भएका लामिछानेलाई त्यस दिन सजाय तोकिएको थिएन।