खाेज्नुहाेस

यस पटकको महोत्सवमा स्थानीय कलाकारको गुनासो छैन : महासचिव खड्का (अन्तरवार्ता)

Image


कैलालीको अत्तरियामा आठौं संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव यही पुष २६ गतेबाट सुरु भइरहेको छ । माघ ७ गते सम्म हुने महोत्सव गोदावरी नगरपालिका–२ लामीताल परिसरमा ‘समृद्ध प्रदेशको आधार : कृषि, पर्यटन र व्यापार’ भन्ने मूलनाराका साथ सुरु भइरहेको हो । यसै विषयमा आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का सँग अत्तरिया खबर दैनिकले गरेको कुराकानीको सम्पादित अंश :

आठौँ  संस्करणको महोत्सव सञ्चालनको तयारीमा हुनुहुन्छ । कहाँपुग्यो तयारी ?

attariya hospital

लगभग तयारी अन्तिम अवस्थामा पुगेको छ । ९५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।   

महोत्सव आयोजनाको उद्देश्य के हो ?

यो व्यवसायीहरूको, उद्योग वाणिज्य संघको एउटा पर्व हो । किनकी हरेक वर्ष महोत्सव लगाउने गरेका छौँ । अहिलेको कार्यसमितिले जे लक्ष्य लिएको छ, त्यो लक्ष्य पूरा हुन्छ कि भन्ने आशा छ । अधुरो भवन निर्माण र जमिनको भोगाधिकार प्राप्तीका लागि काम गर्नुपर्ने छ । त्यस्तै व्यवसायहरुको हक हितका लागि गर्नुपर्ने कामलाई प्राथमिकता दिनु महोत्सवको उद्देश्य हो । 

महोत्सवमा स्थानीय कलाकार अनि स्थानीय उत्पादनलाई खासै नसमेटिएको भन्ने गुनासो विगत देखि नै छ । यसपालि के गर्नु भएको छ ?

मलाई लाग्छ महोत्सवको यो आठौँ संस्करणमा कलाकारहरूबाट त्यस किसिमको गुनासो आएको देख्दैन । किनकी अहिले लगभग ५६ जना प्लस कलाकारहरु हामीले ओगटेका छौँ । एभरेजमा भन्ने हो भने ७०/७५ प्रतिशत स्थानीय कलाकार समेटेका छौँ । विदेश र सम्पर्कमा नभएका कारण एक÷दुई जना राम्रा कलाकार छुट्नु पनि भएको छ । 

स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिएका छौ । महोत्सवमा बझाङबाट कृषि सम्बन्धी एउटा स्टल बुकिङ भएको छ । उद्घाटनका दिन किसानहरूलाई सम्मान पनि गर्दै छौँ । सबैलाई ओगटेका नै छौँ जस्तो लाग्छ ।

navjiwan hospital

महोत्सवको मुख्य आकर्षणका रुपमा केही नयाँपन पनि छ कि यसपालि ?

विगत भन्दा केही फरक छ । जस्तै, चौधरी गाउँ–वहाँहरुको आफ्नै रीतिरीवाज,वहाँहरुको सङ्ग्रहालय पनि महोत्सव भित्र छ । वहाँहरुको आफ्नै भेषभुषमा नाचगान देखि लिएर खानाका परिकार सम्म त्यहाँ पाइने छन् । त्यसैगरी ३६ विद्यालयलाई आफ्नो प्रस्तुतीका लागि सहभागी भइदिन अनुरोध गरेका छौँ । त्यसमा प्रथम, द्धितिय र तृतीय हुनेलाई पुरस्कृत दिदै छौ । 

महोत्सव सञ्चालनमा कहीँ कतैबाट सहयोग पाउनु भएको छ कि छैन ?

अहिले विगत जस्तो व्यापार व्यवसायहरुबाट जुन आर्थिक सहयोगहरू मिल्थ्यो, त्यो चाहि छैन । अहिले लगभग ७५ प्रतिशत आर्थिक सहयोगी दाताहरुले सहयोग नगरेको अवस्था छ । बाँकी सहयोग गर्नेहरूले गरिनै रहनुभएको छ । सबैभन्दा ठूलो आयस्रोत भनेको नै हाम्रो टिकट हो । यो साल कलाकार पनि थपेको अवस्था छ । खर्च पनि विगत भन्दा बढी छ । 

महोत्सव अवलोकनका लागि कति जतिको संख्यामा मानिसहर आउने अनुमान छ ?

मुख्य चुनौती भनेको पानी (वर्षा) हो । पानीले साथदियो भने लगभग डेढ लाख क्रस मानिसहर आउँछन् भन्ने हाम्ले आँकलन गरेका छौँ । 

विगतमा महोत्सव स्थलमै एकजनाले ज्यान पनि गुमाउनु भएको रहेछ । सुरक्षा व्यवस्थाको तयारी कस्तो छ अहिले ?

यो साल हामीले विगतको कुराहरू सम्झेर सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुन दिएका छैनौ । सुरक्षाको कमीले गर्दा कुनै घटना दुर्घटना हुन नदिने प्रयास गरेका छौँ । महोत्सवमा हुन सक्ने झै झगडा आदिलाई मध्यनजर गर्दै सबै किसिमबाट सुरक्षा व्यवस्थामा कुनै कमी राखेका छैनौँ ।  

भिडियाे