
कञ्चनपुर – कञ्चनपुरमा ५ किलो बढी चरेससहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका – ३ तिलकपुरबाट ५ किलो १०४ ग्राम लागूऔषध चरेशसहित बझाङको केदास्युँ गाउँपालिका ६ का ६३ वर्षीय नरबहादुर धामी पक्राउ परेका हुन ।
आईतवार राति नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीले बोकी राखेको झोलाबाट चरेस फेला पारेको थियो ।















