खाेज्नुहाेस

त्रिभुवन विमानस्‍थलबाट १ किलो बढी सुनसहित श्रीलंकन महिला पक्राउ

Image
navjiwan hospital

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो बढी सुनसहित श्रीलंकन महिला पक्राउ परेकी छन् । शनिबार मध्यराति फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला १ हजार ३ सय ग्राम सुनसहित पक्राउ परेकी हुन् ।

अन्दाजी ४५ वर्षीया कान्थीम्याथी कभास्करले भित्री वस्त्रमा सुन लुकाएर ल्याएको पाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी दिपसमशेर जबराले बताए । घटनाबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

attariya hospital