एजेन्सी- अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानको एक भाग भाँचिएर अलग भएको छ ।
स्थानीय समय अनुसार शनिबार बिहान हावाको दबाबमा विमानको एक भाग भाँचिएर विमानबाट अलग भएको हो । तर पनि यो विमान सकुशल अवतरण भएको अलास्का एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।


१७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
‘पोर्टल्याण्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२ मा आज साँझ टेकअफ भएको केही समयपछि एउटा घटना भयो । विमानमा १७१ पाहुना र छ जना चालक दलका सदस्यहरू सवार थिए,’ अलास्का एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘हाम्रा पाहुना र कर्मचारीहरूको सुरक्षा सधैँ हाम्रो प्राथमिकता हो । तथापि, यस प्रकारको घटना दुर्लभ छ । हाम्रो टोलीलाई त्यस्ता परिस्थितिहरू ह्यान्डल गर्न तालिम दिइएको छ । हामी के भयो भनेर अनुसन्धान गरिरहेका छौँ र थप जानकारी छ । हामी भेट्दा साझा गर्नेछौँ ।’
