खाेज्नुहाेस

माइतिघरबाट गोविन्द केसीसहित ७ जना पक्राउ

Image
तस्बिर : रातोपाटीबाट

काठमाडौँ- प्राध्यापक डाक्टर गोविन्द केसीसहित सात जना निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर मण्डलबाट पक्राउ परेका छन् । विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

navjiwan hospital

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

attariya hospital

त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन् ।