काठमाडौँ- राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।


उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो । प्रहरीले भट्टलाई ‘टुटल’ सम्बन्धी नै मुद्दामा पक्राउ गरेको हो । उनीविरुद्ध कम्पनी आफ्नो बनाउन जालसाजी गरेको आरोपसहित उनका प्रारम्भिक व्यावसायिक साझेदारले नै मुद्दा दर्ता गरेका बताइएको छ । उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।

राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएको थियो । तर पठाओसहितका अरू राइड शेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल केही महिनाअघि पुनः सञ्चालनमा आएको हो ।
