काठमाडौँ- सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आजदेखि बझाङ-काठमाडौँ रुटमा स्तरीय सेवासहितको एसी बस सञ्चालनमा ल्याएको छ । बस सेवाको आज बझाङका जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बिष्ट र जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतनबहादुर सिंहले उद्घाटन गरे ।

तराईका रुटहरुबाट स्तरीय सेवा दिँदै आएको प्रालिले आजबाट पहाडी क्षेत्रका यात्रुहरुलाई समेत स्तरीय सेवा दिन पाउदा खुशी लागेको प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।

२०४० सालदेखि सार्वजनिक यातायातको सेवा दिँदै आएको प्रालिले हाल धनगढीबाट देशका सबैजसो स्थानहरुमा स्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउँदै अध्यक्ष सापकोटाले छिट्टै बाजुराबाट समेत एसी बस सेवाको शुभारम्भ गरिने बताए ।
















