अत्तरिया- बझाङमा भर्याङबाट लडेर एक वृद्ध गम्भीर घाइते भएका छन् । जिल्लाको थलारा गाउँपालिका–८ देवस्थलीका ६३ वर्षीय मदनराज पाध्याय मङ्गलवार आफ्नै घरको भर्याङबाट लडेर घाइते भएका हुन् ।

उनलाई जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि हिजै धनगढी रेफर गरिएको तर गाडीमा बस्न नसक्ने हुँदा ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अब प्लेन आए मात्रै उनलाई धनगढी ल्याइने र त्यतिन्जेल जिल्ला अस्पतालमै राखिने बताइएको छ ।
















