प्युठान- प्युठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । गाउँपालिकाको १४औँ गाउँसभाले बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।


गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले पालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथाम र न्यूनीकरणका लागि यस्तो योजना ल्याइएको बताए ।

बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई पुरस्कार दिइने र सूचना दिनेको नाम गोप्य राखिने उनले बताए ।
