
बझाङ – बझाङमा जेसिवी मेसिन दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका – ९ पुरानो बस पार्क नजिकै बाउली गाड किनारामा जेसिवी दुर्घटना हुँदा चालक बिथ्थडचिर गाउँपालिका – ६ का ३६ वर्षिय प्रकाश कठायतको मृत्यु भएको हो ।
गएराति भएको दुर्घटनामा चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

















