खाेज्नुहाेस

सडक स्तरोन्नतिलाइ प्राथमिकता दिदैँ चुरे, चालु आर्थिक वर्षमा मात्रै करोडका ५ योजना

Image

अत्तरिया – कैलालीको चुरे गाउँपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । पहाडी क्षेत्र भएकाले पालिकाले सडक निर्माणका कार्यहरूलाई पहिलो प्राथमिकता दिएको हो । पहाडी क्षेत्र भएको र आवतजावतमा समस्या हुन थालेपछि सडकका योजनाहरूलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ ।

संघ र प्रदेशसँगको समानीकरणमा चालु आर्थिक वर्षमा मात्रै पालिकामा हाल ५ वटा सडक स्तरोन्नतिका योजनाहरु रहेका छन । जसको लागत ३ करोड ३७ लाख ७२ हजार ४४ रुपैयाँ रहेको छ । त्यसमा सडक बोर्ड र एशियाली विकास बैंकको लागतमा निर्माण भैरहेका योजनाहरु भने पालिकाले समावेश गरेको छैन ।

attariya hospital

पालिकाले २८ लाख २५ हजार ८४५ रुपैयाँ घोडथर सायल सडक स्तरोन्नति शीर्षकमा विनियोजन गरेको छ । जसको ठेक्का सम्झौता भैसकेको र केही दिनभित्रै काम सुरु हुने पालिकाका इन्जिनियर उमेश जोशीले जानकारी दिए । उक्त योजनाको निर्माण कार्य २०८१ असार १ गते सक्ने गरी नविता एण्ड लोप्चन कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको जोशीले बताए । त्यस्तै १ करोड ५६ लाख ५४ हजार ७८१ रुपैयाँको सहजपुर अलाड निगाली सडक स्तरोन्नति को योजनाका लागि सम्झौता गर्न ठेकेदारलाई पत्र पठाइसकेको उनले बताए । उक्त योजनाको समयावधि २०८१ असार १५ गते सम्म रहेको छ । जसको निर्माणको लागि सुक्रिकमली– अकृत–राताढुंगा जेभिलाई सम्झौताका लागि पत्र पठाइसकिएको इन्जिनियर जोशीले बताए । उक्त योजनाहरू मात्रै नभई चुरेकै ऐतिहासिक पर्यटकीय स्थल गर्भा दरबार जाने सडकको स्तरोन्नतिका लागि सम्झौताको काम भैरहेको पालिकाले जनाएको छ ।

navjiwan hospital

पालिकाका इन्जिनियर जोशीका अनुसार चौमाला गर्भा सडक स्तरोन्नतिका लागि चुरे निर्माण सेवासँग सम्झौताका लागि आशयको सूचना प्रकाशित गरिएको छ । उक्त सडक खण्ड पनि २०८१ असार १५ गते नै सम्पन्न गरिसक्ने गरी ८३ लाख ९८ हजार ५८९ रुपैयाँ ठेक्का परेको जोशीले बताए । पालिकाले चालु आर्थिक वर्षमै निर्माण सक्ने गरी ३१ लाख ६९ हजार ३०८ रुपैयाँमा चौमाला खैराला सडक स्तरोन्नति र ३७ लाख २३ हजार ५२० रुपैयाँमा देउराली मौरी चौमाला सडक निर्माणको योजनाका लागि पनि सम्झौताको कार्य गरिरहेको छ । चौमाला खैराला सडकका लागि नारायण एण्ड भागरथी निर्माण सेवा र देउराली मौरी चौमाला सडकका लागि नागार्जुन कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनीलाई ठेक्का परेको र सम्झौताका लागि ७ दिनको आशयको सूचना प्रकाशित भैसकेको इन्जिनियर जोशीले बताए ।

maya metro hospital

पालिकामा ३ करोड ३७ लाख रुपैयाँका सडक स्तरोन्नतिका योजनाहरु हुदैँ गर्दा सडक कालोपत्रेका योजनाहरुको काम पनि अगाडि बढिरहेको पालिका अध्यक्ष चक्र बहादुर बोगटीले बताए । उनका अनुसार प्रदेश सरकार र एशियाली विकास बैंकले पालिकामा सडक कालोपत्रेका कामहरु गर्ने भएका छन । चौमालाबाट आउने बाटोमा प्रदेश र सडक बोर्डको योजना अन्र्तगत विनियोजित भएको २५ करोड बजेटका लागि पनि टेन्डर भैसकेको अध्यक्ष बोगटीले बताए । त्यसमा चौमालाबाट ८ किलोमिटर सडक कालोपत्रे गरिने उनले बताए । त्यतिमात्रै नभई अलाड देखि फास्ट ट्रयाकसम्मको १५ किलोमिटर गर्ने योजनाको पनि टेन्डर प्रकृया भैरहेको उनले बताए । एशियाली विकास बैंकले निर्माण गर्ने उक्त योजनाको लागत करिब ५० करोडको हाराहारीमा रहेको अध्यक्ष बोगटीको भनाई छ ।

चुरेक्षेत्र भएकाले पालिकाबासीहरुलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा आवतजावतमा बढी समस्या हुन थालेपछि गाउँपालिकाले सडक निर्माणका कार्यहरुलाई विशेष प्राथमिकताका साथ अगाडी बढाएको बोगटीको भनाई छ । उनले ट्रयाक खोलिएका सडकहरु वर्षायाममा भत्किन थालेपछि सडक स्तरोन्नति गर्नुपरेको बताए । ‘बाटो स्तरोन्नति नभएसम्म प्रत्येक वर्ष सडकको सफाइमा मात्रै करोडौँ रकम खर्च हुन थाल्यो’ उनले भने ‘त्यसैले प्रदेश र संघ सरकारसँगको समन्वयमा पालिकाले समानिकरण तर्फ सडकहरु स्तरोन्नति गर्ने काम गरिरहेको छ ।’

Karma Consultancy

उनका अनुसार ट्रयाक खोलिएका सडकहरूमा ह्युमपाइप, नाला, कल्भर्ट लगायतका संरचनाहरू निर्माण नगरिँदा वर्षेनी सडक भत्किने समस्या सृजना हुने गरको छ । ‘ह्युमपाइप, नाला, कल्भर्ट लगायतका संरचना नहुँदा पानी निकास हुन पाएन, जसका कारण वर्षायाममा वर्षेनी सडक भत्किने समस्या आउन थाल्यो’ उनले भने ‘सडकलाई वर्षभरी सञ्चालन योग्य बनाउन स्तरोन्नति आवश्यक भएकाले प्रदेश तथा संघ सरकारसँग समन्वय गरेका हौ ।’ उनले पालिकाको बजेटले मात्रै सडकको स्तरोन्नति गर्न सम्भव नभएको बताए । उनले वर्षभरी सडक सञ्चालनमा आए पालिकाका किसानहरूले उत्पादन गरेका कृषिजन्य वस्तुहरू सहज रुपमा बजारसम्म पु¥याउन सकिने विश्वास व्यक्त गरे । त्यतिमात्रै नभई बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म पु¥याउने कार्यमा समेत सहजता आउने उनको भनाई छ ।