जापानमा शक्तिशाली भूकम्पपछि ठुलो सुनामीको चेतावनी

एजेन्सी- जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि जापानले देशको मध्य क्षेत्रमा गएको भूकम्पका कारण ठुलो सुनामी जान सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

maya metro hospital

५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । इशिकावाको तटीय क्षेत्रका बासिन्दालाई तत्कालै सुरक्षित ठाउँमा जान भनिएको छ ।

यस्तै निगाता र तोयामा प्रान्तमा पनि सुनामीको चेतावनी जारी भएको छ । यी प्रान्तहरूमा ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने भनिएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.