कारको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोमा गएराति कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

Karma Consultancy
belauri nagarpalika

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ च ३४६३ नम्बरको कारले कारकाँदोमा रहेको एसके पेट्रोलपम्प नजिकै ठक्कर दिँदा नेपालगञ्ज–१३ की २४ वर्षीया आस्था शाह र अर्का एक जना पुरुषको मृत्यु भएको हो ।

citizen security services

मृतक पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए । दुर्घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते भएकी र उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

attariya hospital

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.