बझाङ – बझाङमा एक गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका– ६सिङराल्लीकी ३५ वर्षिया गौबडीदेवी धामीको मृत्यु भएको हो ।

उनको आन्तरिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । उनको विगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण शनिबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला मृत्यु भएको अस्पतालले जनाएको छ ।
