बझाङ – विषादी सेवन गरेर घाईते भएकी बझाङकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका– ६ पुजारीगाउँकी १९ वर्षिया राजकुमारी खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।
बिहिबार राती विषादी सेवन गरेकी उनलाई आफन्तले राति नै जिल्ला अस्पताल बझाङ पु-याएका थिए । जिल्ला अस्पतालमा उपचारसम्भव नभएपछि उनलाई धनगढी रिफर गरिएकोमा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खड्काले दुई वर्ष अघि बुगंल नगरपालिका पिपलकोट विहे गरेकि थिइन् । पारिवारिक सम्बन्ध बिग्रेकाले उनी माइतीघरमै बस्दै आएको आफन्तले बताएका छन् । उनको डेढ वर्षकी छोरी पनि रहेकि छन् । विषादी सेवनको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भईरहेको बझाङ प्रहरीले जनाएको छ ।