खाेज्नुहाेस

सिप बिल्डिङका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश

Image

काठमाडौँ– उच्च अदालत पाटनले ईपीएस परीक्षा अन्तर्गत ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई अर्को क्षेत्रको आवेदन फर्म भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।

navjiwan hospital

आदेशमा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई २०८० साल मंसिर १९ को सूचना बमोजिम मिति २०८० साल पुष २ गतेदेखि खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले परीक्षा दिन पाउनेछन् । यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो । त्यसका विरुद्धमा १८ जनाले उच्च अदालत पाटनमै मुद्दा हालेका थिए । अदालतले उनीहरूलाई आवेदन प्रक्रियामा सहभागी गराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशकै आधारमा १८ जनाले आज आवेदन फाराम भरेका थिए । अरुले भर्न नपाएपछि आन्दोलन भएको थियो ।