काठमाडौँ- कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै परीक्षार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारका क्रममा वीरेन्द्र शाहको मृत्यु भएको हो ।
यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरु घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताए ।