गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले बिहीवार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

maya metro hospital

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट (सीए) मात्र रहेको र त्यो स्नातकोत्तर वा त्यो सरह नभएको रिट निवेदकको दाबी रहेको छ ।

रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले रिटको पेसी भोलि शुक्रवार बिहान १० बजेका लागि तोकेको छ । महाप्रसाद अधिकारी २०७६ सालको चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.