बझाङमा आगो ताप्दै गर्दा वृद्धा जलिन्, उपचार हुँदै

बझाङ- बझाङमा आगो ताप्दै गर्दा जलेर एक वृद्धा घाइते भएकी छिन् । तापिरहेको आगो शरीरमा सल्केर दुर्गाथली गाउँपालिका-१ रावलगाउँकी ८४ वर्षीया हिमकला देवी रावल घाइते भएकी हुन् ।

maya metro hospital

हिजो आफ्नै घरको सुत्ने कोठा नजिकै अगेठोमा आगो बाली बसिरहेको अवस्थामा एक्कासी आगो शरीरमा लगाएको कपडामा सल्केको थियो । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

रावलको कम्मरभन्दा तल शरीरको २५ प्रतिशत जति भाग जलेको र अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.