खाेज्नुहाेस

बझाङमा डेरा गरी बस्दै आएका एक युवक मृत फेला

Image
navjiwan hospital

बझाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मष्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय कलक कठायत आइतबार साँझ आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार उनी सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका थिए। उनको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

attariya hospital