खाेज्नुहाेस

हमास–इजरायल युद्धमा मारिने पत्रकारको सङ्ख्या ९९ पुग्यो

Image

एजेन्सी – प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको सङ्ख्या ९९ पुगेको छ।

navjiwan hospital

गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाको कारबाहीमा मारिने पत्रकारको सङ्ख्या ९९ पुगेको बताएको हो।

attariya hospital

पछिल्लो पटक इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा रहेको एक घरमा बमबारी गरे पछि पत्रकार मुहम्मद खलिफा मारिएका छन्।