खाेज्नुहाेस

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमको मतदानस्थल प्रदेश सभा भवन तोकियो

Image

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको हो ।

प्रत्येक प्रदेशमा एक–एक वटा मतदानस्थल र सोही स्थानमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी ७ मतदानस्थल र १४ वटा मतदानकेन्द्र तोकिएको छ । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकेको जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ‘ँ’ प्राविधिक भवन, हेटौडा, मकवानपुरमा मतदानस्थल तोकिएको छ ।

गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ र कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

तोकिएका उक्त मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् ।