काठमाडौँ- पोखराबाट काठमाडौँ उड्न लागेको उडान नम्बर–६५२ को बुद्ध एअरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् । बिहान ९ बजेर ४० मिनेटमा काठमाडौँ उड्न लागेको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका बुद्धएअरले जनाएको छ ।

बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेला ढोका खुलेको थाहा भएको हो । यात्रुले आकस्मिक ढोका खोल्नुको कारण भने खुलेको छैन ।


यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले थप अध्ययन र अनुसन्धान गरिरहेका बताइएको छ । प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले जनाएको छ ।















