खाेज्नुहाेस

उडिरहेको जहाजको शौचालयभित्र शिशु जन्माएर छाड्ने महिला पक्राउ

Image
file photo

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको एयर अरेबियाको जहाजभित्र शिशु जन्माएर छाड्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

युएईबाट काठमाडौँ अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयभित्र शिशु मृत फेला परेपछि अनुसन्धान गर्ने क्रममा कुवेतबाट युएई हुँदै नेपाल आएकी ती महिलाले शौचालयमा बच्चा जन्माएर छाडेको पाइएको हो।

godawari nagarpalika dadhelo
attariya hospital
navjiwan hospital

मृत शिशु शौचालयको कमोडभित्र फेला परेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यसरी बच्चा जन्माएर छाड्ने कुवेतबाट आएकी २८ वर्षीया नेपाली महिला हुन्। उनी कामदारका रुपमा कुवेत गएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

युएईको सारजहाँ विमानस्थलबाट हिँडेको एयर अरेबियाको विमान आज विहान ९: ५ बजेको समयमा काठमाडौँमा अवतरण गरेको थियो। जहाज सरसफाइ गर्ने क्रममा शौचायलमा मृत शिशु फेला परेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक पदमराज विष्टले विमानस्थलबाट लगेज लिएर कष्टममा पुगिसकेको अबस्थामा ती महिलालाई नियन्त्रणमा लिइएको बताए।

उनीमाथि अहिले गौशाला प्रहरीले अनुसन्धान गरिरहेको छ। उनले शिशु भने आफ्नै श्रीमानको भएको दावी गरेकी बताइएको छ।