अत्तरिया – कैलालीको गोदावरीमा जिपलाइन सञ्चालनमा आएको छ । धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरुले जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।

बुधबार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले जिपलाइनको उद्घाटन गरेका छन । गोदावरी पुलभन्दा ४ सय मिटर माथी जिपलाइन संचालनमा ल्याइएको छ । २ करोडको लागतमा जिपलाइन संचालनमा ल्याइएको जनाइएको छ ।

जिप लाइनको उद्घाटन गर्दै भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले जिपलाइनले यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने बताए । यहाँ आउने लगानीलाई शुरक्षित राख्नुपर्ने सबैको दायित्व रहेको बताउँदै उनले सरकारले थप लगानीको वातावरण बनाउने प्रतिबद्धता ब्यक्त गरे ।


















