खाेज्नुहाेस

वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

Image

काठमाडौँ- नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।

navjiwan hospital

नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई निलम्बन गरिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

पोखरेल र यादव लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन् । मुद्दा किनारा नलागेसम्म निलम्बन गर्ने निगमका कर्मचारीको सेवा शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरिएको उनले बताए ।