खाेज्नुहाेस

धनगढी पोखरा हवाई सेवा संचालन गर्न माग

Image

धनगढी – धनगढी–पोखरा हवाई सेवा संचालन गर्न माग गरिएको छ । ‘जाउँ है पोखरा’ अभियान अन्तर्गत धनगढीमा गरिएको छलफलमा सो माग गरिएको हो ।

navjiwan hospital

सुदूरपश्चिमबाट भारतीयसहितका अन्य पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा सिधा हवाई उडान पुनः नियमित सञ्चालन गर्न सके दुवैतर्फ पर्यटक भित्र्याउन सकिने व्यवसायीहरूले बताएका छन् ।

attariya hospital

केही समयअघि धनगढी–पोखरा बुद्ध एयरलाइन्सले सिधा हवाइ उडान सुरु गरे पनि कोभिडपछि उक्त सेवा हाल स्थगित भएकोले पोखरा धनगढीको पर्यटन प्रवर्द्धन प्रभावित भएको व्यवसायीहरूको गुनासो छ ।

हवाई सेवा पुनः संचालन भएमा भारतको सीमावर्ती क्षेत्र उत्तराखण्ड लगायतका क्षेत्रबाट आउने पर्यटकलाई सुदूरपश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यमा एक दिनको बसाइपश्चात दुई दिनको बसाइ पोखरामा राख्न सकिने पर्यटन व्यवसायी मायाप्रकाश भट्टले बताए ।