बझाङ- बझाङको साइपाल गाउँपालिका-२ का वसन्त बोहराले वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान गरेका छन् । उनले वडा नम्बर १ को भवन बनाउन जग्गादान गरेका हुन् ।
बोहराले ८ लाख मूल्य बराबरको जग्गादान गरेका बताइएको छ । हाल भाडाको भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्दै आएको छ ।