मलेसियामा साथीको हत्या गरेर नेपाल आउँदै गरेका एक पुरुष पक्राउ परेका छन । महोत्तरी गौशाला नगरपालिका – ५ बस्ने वर्ष २४ वर्षीय अनिल कुमार साह मलेसियामा साथीको हत्या गरी हुलिया परिपर्तन गरी नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन ।

रोजगारको सिलसिलामा मलेसियाको एउटै कम्पनीमा सँगै काम गर्दै आएका साहले झापाको शिवसताक्षी नगरपालिका – ३ का ४० वर्षीय धन बहादुर प्रधानलाई मंसिर २५ गते हत्या गरेका थिए ।
उनलाई नेपाल तर्फ आउन लागेको पीडितका आफन्तले दिइको सूचनाको आधारमा मंसिर ३० गते पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनीमाथि ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रहरीले इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसिया स्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।















