खाेज्नुहाेस

स्याउलेमा भोलि लाइभ डेउडा कार्यक्रम गरिदै

Image


अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउले बजारमा भोलि ‘बृहत् लाइभ डेउडा कार्यक्रम’ आयोजना गरिने भएको छ । डेउडा संस्कृति संरक्षण प्रतिष्ठान सुदूरपश्चिमको आयोजनामा कार्यक्रम आयोजन गर्न लागिएको हो । 

‘देउडा लोक कला प्रवर्द्धन पश्चिम नेपालको सान, खोजी प्रतिभाको हाम्रो अभियान’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका कल्पनाकार ज्ञानेन्द्र अविरल क्षेत्रीले बताए । उनले प्रतिष्ठानले कुनै चाडपर्व विशेष मात्रै नभएर अन्य समयमा पनि डेउडा प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्दै आएको बताए । 

attariya hospital
navjiwan hospital

‘हामीले ठाउँ ठाउँमा कला संस्कृतिको उजागर गर्नुपर्यो भनेर महिनामा २ चोटी यस्ता कार्यक्रम आयोजना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो’ उनले भने ‘हामीले प्रदेश भरी संगठन विस्तार गरेर अन्य जिल्लाहरूमा पनि कार्यक्रम सञ्चालन गरिरहेका छौ ।’ उनले पुस १५ को अवसरमा पनि धनगढीमा वृहत डेउडा कार्यक्रम गर्न लागेको बताए । 

लाइभ डेउडा कार्यक्रम शनिबार बिहान ११ बजेदेखि स्याउलेको विश्व शिव मन्दिरको प्राङ्गणमा सञ्चालन हुने कार्यक्रमका संयोजक गोपाल देउवाले बताए । 

उनले डेउडा कार्यक्रममा देउडा गायक सावित्री धामी (बैतडी) पदम राज जोशी, गंगा खत्री     (दार्चुला), हुकुम देउवा (डोटी), रेखा ऐर (डडेलधुरा), कपुर राज गिरी (बाजुरा), गोमती कार्की (बैतडी), पदम जोशी, तिर्थ राज बिष्ट  टिका सानु साउद (कैलाली), भावना भट्ट (डडेलधुरा) लगायतको सहभागिता रहने बताए ।