खाेज्नुहाेस

बझाङमा अटो दुर्घटना

Image

बझाङ- बझाङमा अटो दुर्घटना भएको छ । केदारस्युँ गाउँपालिकाको सैन्स्युँबाट बागथला बजारतर्फ गइरहेको सु.प.प्र.०१००१ ह ३९२६ नम्बरको अटो हिजो साँझ तरपानीस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।

navjiwan hospital

दुर्घटनामा केदारस्युँ-४ का अटो चालक ४८ वर्षीय दीपक भण्डारी, ५४ वर्षीय दिलबहादुर मल्ल, वडा नम्बर ३ का २५ वर्षीय जीवन ओखेडा र ४५ वर्षीय लालबहादुर ओखेडा सामान्य घाइते भएका र प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारपछि घर फर्किएका प्रहरीले बताएको छ ।

attariya hospital

अटो अनियन्त्रित भएर दुर्घटना भएको र अटोसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।