खाेज्नुहाेस

बझाङमा ६ किलो चरेससहित दुई जना पक्राउ

Image

बझाङ – बझाङमा ६ किलो भन्दा बढी लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । दुर्गाथली गाउँपालिकाबाट केदारस्युँ तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको हो । उनीहरुको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले बताए ।

attariya hospital

मोटरसाइकलसहित नियन्त्रणमा लिइ उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार मात्रै केदारस्युँ गाउँपालिकाको एम्बुलेन्सबाट धनगढी लैजाँदै गरेको तीन किलो चरेससहित चालक रामबहादुर खातीलाई कैलाली प्रहरीले प्रक्राउ गरेको थियो ।