खाेज्नुहाेस

आज विश्व माटो दिवस मनाइँदै

Image

आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो ।

navjiwan hospital

दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गएको मङ्सिर १६ गतेदेखि नै कार्यक्रम गर्दै आएको छ । नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायबारे प्रचार, माटोको निःशुल्क जाँच शिविर, माटोको महत्वबारे बहसलगायतका कार्यक्रम गरिरहेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषयलाई विश्वस्तरमै एकताबद्ध रुपमा सम्बोधन गर्ने र व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व माटो दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन मनाउने गरिन्छ ।

खाद्य तथा कृषि संगठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ देखि यो दिवस मनाउन शुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ का दिन काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक शुरुवात गरी विश्व माटो दिवस मनाउन शुरु गरिएको हो ।