चैनपुर–ताक्लाकोट सडक निर्माणको काम ठप्प

बझाङ – सुदूरपश्चिमलाई भारत र चीनसम्म जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माणको काम रोकिएको छ । प्रदेशको समृद्धिको ढोका मानिएको चीनको तिब्बत जोड्ने चैनपुर–ताक्लाकोट सडकको काम आठ महिनादेखि ठप्प छ ।

maya metro hospital

उक्त सडकको तल्कोट–रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ४० किमि सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीले सडक निर्माणको काम रोकेसँगै स्थानीय मजदुरले काम गरेको ज्यालासमेत पाएका छैनन ।

सडक निर्माणको काम रोकिएपछि निर्माणमा प्रयोग भएका डोजर र अन्य निर्माण सामग्री रूपातोला र दुनिवन क्षेत्रमा अलपत्र रहेको तल्कोट गाउँपालिका–३ रूपातोलाका चट्टे बोहराले बताए । सडकका निर्माणका लागि आएको पैसा लगेर ठेकेदारले अन्तै खर्च गरेको भन्ने सुनेको उनले बताए । सडकमा ग्याबिन जाली निर्माण, मेसिनरी पर्खाल निर्माणलगायत काम गरेका १ सय ५० भन्दा बढी कामदारले पनि लामो समयदेखि ज्याला पाउन सकेका छैनन् ।

attariya hospital

सडकमा ज्यालाको रुपमा काम गर्दै आएका बोहराले अहिलेसम्म पनि दिएको ज्याला पाउन नसकेको बताए । यहाँका सबै मजदुरले पाउने २५ लाखभन्दा बढी रकम बाँकी छ ।

बझाङको चैनपुरदेखि चीनको ताक्लाकोटसम्म ११७ किमिमध्ये अहिलेसम्म ४० किमि सडक मात्रै निर्माण भएको छ । कुल ८५ करोड लागतमा ठेक्का सम्झौता गरेको स्वच्छन्द नागार्जुन जेभी कम्पनीले नेपाल सरकारबाट ६२ करोड भुक्तानीसमेत लिइसकेको छ । आठ महिनासम्म सडक निर्माण रोकिँदा पनि कार्यालयले ताकेता गर्न नसकेको स्थानीयले बताएका छन् ।

चैनपुर ताक्लाकोट सडक कार्यालयले ठेकेदार कम्पनीको आलटाले प्रवृत्तिका कारण निर्माणको काम रोकिएको बताएको छ । कार्यालय प्रमुख तुलाराम शर्माले कोरोनाका कारण जेभी कम्पनीका एक जना ठेकेदार ईश्वरी भट्टको निधन भएकाले पनि काम ढिला भएको बताए । ठेकेदार कम्पनीका प्रतिनिधि दिवाकर भट्टले कोरानाले मुख्य ठेकेदारको मृत्यु भएकाले काममा ढिलाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.