कैलारीमा पौने २ करोडको लागतमा पार्क निर्माण गरिदै

धनगढी – कैलालीको कैलारी गाउँपालिकाका एक करोड ७८ लाख ९८ हजार रुपियाँ लागतमा पार्क निर्माण थालिएको छ । कैलारी गाउँपालिका–८ मा रहेको डुबरी तालमा पर्यटन आकर्षण गर्न मिनी पार्क बनाउन थालिएको हो ।

maya metro hospital

तालमा संरचना निर्माणका लागि कैलारी गाउँपालिकाको कार्यालय र निर्माण कम्पनी महादेव खिम्टी अञ्जना खड्का जेभीबिच २०७८ वैशाख ९ गते सम्झौता भएको थियो । २०८० फागुन मसान्तसम्म ठेक्का अवधि रहेको छ ।

तालको करिब आधा भागमा मिनी पार्क निर्माणको कार्य भइरहेको कैलारी गाउँपालिकाका इञ्जिनियर भरत चन्दले बताए । उनका अनुसार मिनी पार्क निर्माणको लगभग ९० प्रतिशत काम पूरा भइसकेको छ ।

attariya hospital

ताल वरिपरि पदमार्ग निर्माण गरिनुका साथै छ वटा पिकनिक स्थल बनाइएको छ। मिनी पार्क बनेमा घुम्न आउने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने डुबरी सामुदायिक वनका अध्यक्षसमेत रहनु भएका डुढियावासी परशुराम चौधरीले बताए ।

छ बिघा क्षेत्रफलमा फैलिएको डुबरी ताल यसअघि सामुदायिक वन उपभोक्ता समूहको मातहतमा रहेको थियो । अचेल कैलारी गाउँपालिका कार्यालयको मातहतमा रहेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.