बझाङमा भूकम्पपीडित एकल महिलालाई सुधारिएको चुलो र रेडियो वितरण

बझाङ- बझाङमा भूकम्पपीडित एकल महिलाहरुलाई सुधारिएको चुलो र रेडियो वितरण गरिएको छ । युएन ओमनको सहयोग, डब्लुएचआरको समन्वय र सहकार्यमा जिल्लाका २ सय ५० भूकम्प प्रभावित एकल महिलाहरुलाई सुधारिएको चुलो र सोलार रेडियो वितरण गरिएको हो ।

maya metro hospital

जयपृथ्वी नगरपालिकाका ६८ जना, बित्थडचिर गाउँपालिकाका १९, मष्टाका ४२, दुर्गाथलीका ३१, केदारस्यँुका ७२, थलारा गाउँपालिकाका १२ र सेफ हाउसमा बस्दै आएका हिंसापीडित ६ जनालाई सुधारिएको चुलो र रेडियो वितरण गरीएको छ ।

परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्नुका साथै दाउरा कम लाग्ने र धुवाँ नियन्त्रण हुने भएकाले निःशुल्क चुलो वितरण गरिएको बताइएको छ । त्यस्तै, छिटो छरितो र प्रभावकारी ढंगले सूचनाको पहुँच गाउँबस्तीमा पुर्‍याउने हेतुले रेडियो वितरण गरिएको बताइएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.