खाेज्नुहाेस

घोडाघोडी आइपुगे पाहुना चरा

Image

धनगढी – हरेक वर्षझैं जाडो छल्नका लागि पाहुना चराहरू कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा आइपुगेका छन् । साइबेरियालगायत क्षेत्रमा चिसो बढेपछि विभिन्न प्रजातिका चरा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी आइपुगेका हुन् । घोडाघोडी अभयआरक्ष (बर्ड सेन्चुरी) क्षेत्र पनि हो ।

navjiwan hospital

चरा संरक्षणकर्मीका अनुसार यहाँ कात्तिक अन्तिम सातादेखि आउन थाल्ने पाहुना चरा ६ महिना बसेर मार्चतिर पुनः पुरानै बासस्थानतिर फर्किने गर्छन् ।

attariya hospital

नेपाल पन्छी संरक्षण संघमा आबद्ध चराविद् हिरूलाल डगौराका अनुसार साइबेरिया, रुस, मंगोलिया, जापान, उत्तरी चीनलगायतका उत्तरी ध्रुवतिर अत्यधिक चिसो बढेसँगै चराहरू जाडो छल्न तथा आहारको खोजीमा नेपाल, भारत, श्रीलंका, बंगलादेशलगायत दक्षिण एसियाली देशमा आउँछन् । किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजान साथै युरोपका विभिन्न देशबाट यस अवधिमा बर्सेनि करिब १ सय ५० प्रजातिका चरा नेपाल आउने गरेका छन् ।

डगौराका अनुसार पाहुनाका रूपमा घोडाघोडीमा आउने चराहरूमा हाँस प्रजातिका बढी हुन्छन् । सुनजुरे हाँस, कैलेटाउको हाँस, मालक हास, कालीजुरे हाँस, श्वेताखीभौं, बेल्चाठुँडे हाँस, खडखडे हाँस मुख्य छन् । यसैगरी, सिन्दुरे हाँस, हरियो टाउको हाँस, सुइरो पुच्छ्रे हाँस, बिजुला गैरी हाँस, डुबुल्की चरा, सिउरे डुबुल्की चरा, ठूलो जलेवा पनि उत्तरी क्षेत्रबाट अस्थायी बसाइँसराइ गरेर यतिबेला घोडाघोडी आइपुगेका छन् ।