काठमाडौँ- सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।
प्रशासन समूहका ५० जना, इञ्जिनियरिङ सेवाका ९ जना, शिक्षा समूहका ६ जना, वन सेवाका ४ जना र स्वास्थ्य सेवाका एक जना सहसचिवको सरुवा भएको छ ।