बझाङ- बझाङमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । बुंगल नगरपालिका १० दौंडकी २२ वर्षीया सिता बाग आज घरबाट १ सय मिटर टाढा रहेको बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन् ।
उनलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।