काठमाडौँ- नेपाली सेनाले तीन हजार चार सय १३ पदका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज सूचना निकालेर सैन्य तथा विभिन्न ट्रेडका फ्लोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
सैन्य पदमा ३ हजार र सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ।



आजदेखि आउँदो पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुरमा थप एक हप्ता आवेदन दिन सकिने जनाइएको छ ।



















