बझाङमा बगिरहेकी एक बालिकाको उद्दार

बझाङ – बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्दार गरिएको छ । आइतबार बिहान जयपृथ्वी नगरपालिका–३ पडेशकी ११ वर्षीया अमिसा ओखेडालाई वडा प्रहरी र स्थानीयले उद्दार गरेको हो । पडेशबाट पुजाको लागि जल लिन आएकी अमिसा पानी भर्ने क्रममा ढुङ्गाबाट चिप्लिएर बगेकी थिइन ।

Karma Consultancy

उनी बगेको केही तल नदीको बीचमा अड्किएको अवस्थामा स्थानीयले देखेका थिए । उनलाई वडा प्रहरी कार्यालय चैनपुरबाट प्रहरी सहायक निरिक्षक हरिशराज पन्तको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोली र स्थानीय मानिसहरुले नदीबाट सकुसल उद्दार गरी आफन्तको जिम्मा लगाएका पठाएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.