बझाङ- बझाङमा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–११ भोपुरमा आइतबार बिहान भोपुरबाट चैनपुर आउँदै गरेको अटो दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना सामान्य घाइते भएका र उनीहरु जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेका प्रहरीले बताएको छ । सुदूरपश्चिम प्रदेश ०१००१ ह ५२३१ नम्बरको चन्द्रजंग चौहानले चलाएको अटो अनियन्त्रित भएर सडकको नालीमा गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
