पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हाल सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यत: सफा रहेको छ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

Karma Consultancy

आज दिउँसो आंशिक बदली भइ कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भइ बाँकी भू-भागको मौसम सामान्यत: सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ।

citizen security services

भोलि (सोमबार) कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने पूर्वानुमान छ ।

attariya hospital

मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।राति कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.