मोटरसाइकल दुर्घटनामा बझाङका एक वडाध्यक्ष घाइते

बझाङ- मोटरसाइकल दुर्घटनामा परी बझाङका एक वडाध्यक्ष घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको थलारा गाउँपालिका-१ का वडा अध्यक्ष रविन्द्र जोशी घाइते भएका हुन् ।

Karma Consultancy

जयपृथ्वी राजमार्गको झनानामा हिजो (शुक्रबार) साँझ जोशीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ प ९०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।

citizen security services

दुर्घटनामा वडाध्यक्ष जोशीसहित पछाडि सवार २९ वर्षीय दीपक थापा पनि घाइते भएका छन् । उनीहरु दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.