६ लेन सडकमा स्ट्रिट लाईट : गोदावरीक्षेत्रका लागि पहिलो चरणको भुक्तानी भयो तर बत्ति बलेन

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडक अन्र्तगत कैलालीको गोदावरी नगरक्षेत्रमा हाल सम्म स्ट्रिट लाईट जडान हुन सकेको छैन । नगरपालिकाले लाईट जडानका लागि पहिलो चरणको भुक्तानी गरेको ४ महिना बित्नै लाग्दा समेत ६ लेन सडकमा लाईट जडान हुन नसकेको हो ।

Karma Consultancy

नगरपालिकाले यही असार २१ गते ६ लेन सडकमा स्ट्रिट लाईट जडानका लागि नेपाल विद्युत् प्राधिकरणलाई ९८ लाख २८ हजार २०० रुपैया भुक्तानी गरिसकेको छ । तर विद्युत प्राधिकरणको लापरबाहीका कारण पहिलो चरणको भुक्तानी भैसकेको ४ महिना वित्दा समेत गोदावरी क्षेत्रमा लाईट जडान भएको छैन । पहिलो चरणको रकम विद्युत प्राधिकरणको खातामा पठाईसकेपनि विभिन्न कारणहरु देखाउदै विद्युत प्राधिकरणले आलटाल गर्दै आएको नगरपालिकाले जनाएको छ ।

citizen security services

नगरपालिकाका प्रवत्ता गोपाल दत्त भट्टले नगरपालिकाको तर्फबाट काम सञ्चालनका लागि पहिलो किस्ता वाफतको रकम पठाईसक्दा पनि विद्युत प्राधिकरणले ढिलासुस्ती गरेको बताए । उनले अन्य पालिकाहरुले पनि सोही प्रकारको कार्य गर्नुपर्ने भएकाले सँगै टेन्डर गर्ने भन्दै विद्युत कार्यालयले हालसम्म काम रोकेको बताए । ‘हामीले यताबाट पहिलो किस्तावाफतको रकम पठाएको ४ महिना हुन लागिसक्यो, तर विद्युत कार्यालयका कारण काम रोकिएको छ’ उनले भने ‘गोदावरीको लगत्तै काम सञ्चालन हुनुपर्छ भनेर पटक पटक फलोअप गर्दा समेत विद्युत कार्यालयका तर्फबाट काममा ढिलाई भैरहेको छ ।’ उनले पछिल्लो पटक विद्युत कार्यालयसँग छलफल गर्दा टेन्डर आह्वान भैसकेको र अवको केही दिन भित्रै काम सुचारु हुने जानकारी पाईएको बताए ।

attariya hospital

यता आयोजनाका मेनेजर प्रमोद रिजालले देशका २२ वटा पालिकाहरुको एकमुष्ट टेन्डर आह्वान गरिदा केही समय लागेको बताए । उनले एउटै पालिकाको टेन्डर आह्वान गर्दा प्रकृया लामो हुने र मेनपावर पनि नहुने भएकाले सबै पालिकाहरुको एकमुष्ट टेन्डर आह्वान गरिएको बताए । ‘देशका २२ वटा नगरपालिकाहरुको टेन्डर आह्वान गर्दा केही पालिकाहरुले रकम पठाउनमा ढिलाई गरेका कारण टेन्डरमा जान ढिला भएको हो’ उनले भने ‘मेनपावर पनि कम हुदा र समय पनि बढी लाग्ने हुदाँ एउटै पालिकाको काम गर्न गाह्रो हुन्छ, त्यसैले छिटो होला भनेर सबैको एकमुष्ट रुपमा टेन्डर गरिएको हो ।’ उनले टेन्डर खोलिसकेको र टेन्डरका लागि अझै १०/१५ दिनको समय बाँकी रहेको बताए । उनले टेन्डर खोलिईसकेपछि ठेकेदार सँग सम्झौता गरेर काम सुरु गर्न कम्तिमा पनि ३ महिनाको अवधी अझै लाग्न सक्ने बताए । त्यसपश्चात ठेकेदारलाई काम सम्पन्न गर्न १ वर्षको समयावधी दिईने उनको भनाई छ ।

नगरपालिकाको फागुन १९ गतेको कार्यपालिका बैठकले गेटाको आरपि फ्लोर मिलदेखी अत्तरिया चौराहासम्मको ५.७ किलोमिटर ६ लेन सडकमा स्ट्रिट लाईट जडान गर्ने निर्णय गरेको थियो । जसका लागी नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजना काठमाण्डौ सँग लागत साझेदारी गर्ने बैठकले निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण अन्तर्गत राष्ट्रिय सडक बत्ती प्रर्वद्धन आयोजनासँग समन्वय गरी ३ करोड २ लाख ४० हजार ६८३ रुपैया अनुमानित लागतमा ६ लेन सडकमा स्ट्रिट लाईट जडानका लागि सम्झौता गरेको छ । सडक बत्ती जडानमा नगरको ६५ र सडक बत्ती प्रर्वद्धन आयोजनाको ३५ प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख गरिएको छ । उक्त अनुमानित लागत मध्ये नगरपालिकाले पहिलो चरण वाफतको रकम विद्युत प्राधिकरणलाई बुझाईसकेको भएपनि काम भने सुरु हुन नसकेको हो । सुरुवाती चरणमा नगरका तर्फबाट ६० र आयोजनाका तर्फबाट ४० प्रतिशत लागत साझेदारी गरिने बताईएपनि मुल्यवृद्धिका कारण ५ प्रतिशत लागत नगरपालिकाले बढाउनुपरेको बताईएको छ । आयोजनाका मेनेजर रिजालले पछिल्लो समय मुल्यवृद्धिका कारण आयोजनाले कम दायीत्व लिएको बताए । उनले पहिलेको तुलनामा टेक्नोलोजीमा पनि केही फरक रहेको बताए ।

पछिल्लो समय छाडा पशुचौपायाको संख्या बढी हुनु र सडक बत्ति नहुनाले दुर्घटनाका घट्नाहरु बढ्दै गईरहेका छन । सडकमा आधुनिक बत्ती जडानले दुर्घटनाको जोखिम घटाउनुका साथै सहरको सुन्दरता समेत बढ्ने स्थानियहरुको भनाई रहेको छ । सेन्सर युक्त उक्त सडक बत्तीहरु राती परेपछि आफै बल्ने र उज्यालो भएपछि आफै निभ्ने किसिमका समेत रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.