बझाङ – बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो भिरबाट लडेर मृत्यु भएको हो ।
खर काट्ने क्रममा भिरबाट लडेर पार्वतीको मृत्यु भएको आफन्तले बताएका छन । उनी घर नजिकैको काचडा भन्ने भिरमा खर काट्न गएकी थिइन ।